बुधबार, माघ १४, २०८२
Wednesday, January 28, 2026

उदय हुँदैछन् शुक्र, यी चार राशिलाई धन–समृद्धि प्राप्त हुँदै

काठमाडौं– गत मंसिर २७ गते बिहीवार दिउँसो १२ बजेर ५५ मिनेटदेखि पूर्व दिशामा अस्त भएको शुक्र ग्रह भोलि माघ १५ गते बिहीवार राति १ः२९ बजे पश्चिममा उदय हुँदैछन् ।

बिहीवारदेखि शुक्र उदय भएसँगै विभिन्न क्षेत्रमा सकारात्मकता बढ्ने तथा शुभ कार्यहरुको थालनी हुने धार्मिक मान्यता छ ।

वास्तवमा ‘शुक्र उदय’ लाई ज्योतिषमा निकै महत्वपूर्ण मानिन्छ । जब शुक्र ग्रह सूर्यसँग धेरै नजिक भएर अस्त अवस्थामा हुन्छन्, तब यसको प्रभाव कमजोर मानिन्छ । त्यसपछि सूर्यबाट केही दूरी बनाएर बिहान–साँझ देखिन थाल्यो भने त्यसलाई शुक्र उदय भनिन्छ ।

वास्तवमा धन, समृद्धि र विलासिताका कारक ग्रह शुक्र लामो समयदेखि अस्त अवस्थामा थिए । अब बिहीवारदेखि शुक्र उदय हुन लागेका छन् । ज्योतिष शास्त्रमा शुक्र ग्रहलाई धन, वैभव र विलासिताको कारक मानिन्छ । साथै शुक्र प्रेम र सौन्दर्यका दाता पनि हुन् । गत मंसिर महिनामा शुक्र अस्त भएका कारण धेरै शुभ कार्य रोकिएका थिए । यसले धेरै मानिसको आर्थिक अवस्था र प्रेम जीवनमा पनि नकारात्मक असर पारेको थियो । अब भने शुक्र ग्रह उदय हुन लागेका छन् ।

यसै साता शुक्र ग्रह मकर राशिमा उदय हुनेछन् । शुक्र उदय भएसँगै पुनः शुभ तथा मांगलिक कार्य प्रारम्भ हुनेछन् । शुक्र उदय भएपछि प्रेम, विवाह, सौन्दर्य, विलासिता, धन, कला, सम्बन्ध आदि क्षेत्रमा सुधार देखिन थाल्छ ।

यसका साथै प्रेम सम्बन्धमा मधुरता बढ्ने, विवाह–सम्बन्धका अड्किएका कुरा अघि बढ्ने, आर्थिक स्थिति बिस्तारै सुध्रिने, कला, फेसन, मिडिया, सौन्दर्य क्षेत्रमा राम्रो समय आउने तथा बिग्रिएका सम्बन्धमा मेलमिलापको योग देर्खिको छ । विशेष गरी, शुक्र वृष तथा तुला राशिको स्वामी हो, त्यसैले यी राशिका जातकलाई यसको उदयबाट बढी फाइदा हुन्छ । तर शुभ प्रभाव अरू धेरै राशिले पनि महसुस गर्छन् ।

वास्तवमा, जब शुक्र सूर्यसँग १० डिग्रीभन्दा कम कोणमा आउँछ, तब यसलाई अस्त मानिन्छ भने उसले दिने फल कमजोर हुन्छ र पूर्ण रूपमा निष्क्रिय मानिने छ । शुक्र ग्रहलाई धन, ज्ञान, धर्म, विवाह, प्रेम, विलासिता, सन्तान र शुभ कार्यको प्रमुख कारक ग्रह मानिन्छ । यो ग्रहलाई शुभता, मार्गदर्शन र विवेकको प्रतीक पनि मानिन्छ । त्यसैले जब यो ग्रह अस्त हुन्छ, तब यसको शुभ प्रभावहरू पृथ्वीका कम आउने विश्वास गरिन्छ र शुभ कार्यहरू गरिँदैन ।

त्यसैले पनि अघिल्ला वर्षका माघ महिनामा पहिलो सातादेखि नै विवाहका लगन हुने भए पनि यो वर्ष गत मंसिर २७ देखि माघ १५ गतेसम्म शुक्र अस्त हुने र शुभ ग्रह जस्तै बृहस्पति र शुक्र अस्त हुनुभन्दा तीन दिन अघिदेखि शुभ कार्यहरू गर्न नहुने तथा उदय भएपछि पनि तीन दिनसम्म शुभ कार्यको थालनीगर्न नहुने शास्त्रमा उल्लेख गरिएको छ । त्यसैले यो वर्ष माघ १८ गते आइतवारदेखि मात्र शुभ कार्यको थालनी गर्नु उचित हुने बताइएको छ ।

ज्योतिषविदहरुका अनुसार यो वर्षको शुक्र उदय भोलि माघ १५ गते मध्यराति हुने भएता पनि तीन दिन अर्थात माघ १८ गतेसम्म सूतक बार्नु पर्ने भएकोले नै २१ गते अगाडि विवाहको लगन नभएको हो । पुस महिनामा विवाहको लगन नहुने भएकोले माघ २१ गतेसम्म नै कुर्नेपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले समेत यसअघि नै बताइसकेको छ ।

यो वर्ष माघ २१, २२ तथा २७ गते विवाहका लगन रहेका छन् भने फागुन महिनामा ८, १२, १३, १४, २५, २६, २७, २८ तथा ३० गते विवाहका लगन रहेका छन् । व्रतबन्धको साइत भने फागुन महिनामा तीन दिन तथा चैत महिनामा दुई दिन रहेका छन् । फागुन ७, १४ तथा १५ गते व्रतवन्धका साइत छन् भने चैत महिनामा ६ गते तथा १५ गते व्रतवन्धको शुभ साइत रहेको छ ।

शुक्र उदय भएसंगै यी चार राशिका जातकलाई विशेष रूपमा धन–समृद्धि प्राप्त हुनेछ ।

वृष राशि

वृष राशिका स्वामी स्वयं शुक्र ग्रह हुन् । शुक्रको उदयले वृष राशि भएकाहरूको प्रेम जीवनमा नयाँ उमंग ल्याउने छ । अविवाहित जातकलाई उपयुक्त जीवनसाथी भेटिन सक्छ । धन–आयमा वृद्धि हुनेछ । करियरमा उन्नति हुनेछ । नयाँ पद वा जिम्मेवारी प्राप्त हुन सक्छ ।

मिथुन राशि

शुक्रको उदय मिथुन राशि भएकाहरूका लागि धन–सम्पत्ति बढाउने साबित हुनेछ । नयाँ घर, गाडी, जमिन वा पसल किन्ने योग बन्नेछ । आर्थिक अवस्था मजबुत हुनेछ । वैवाहिक जीवनमा सुख–समृद्धि आउनेछ । अविवाहितहरूको जीवनमा कुनै विशेष व्यक्तिको प्रवेश हुन सक्छ । तपाईंको व्यक्तित्वको आकर्षण बढ्ने छ ।

तुला राशि

तुला राशिका स्वामी पनि शुक्र ग्रह नै हुन् । शुक्रको उदयले तुला राशि भएकाहरूलाई ठूलो लाभ दिनेछ । नयाँ घर, गाडी वा सम्पत्ति किन्न सक्नु हुनेछ । जग्गा–जमिनसम्बन्धी कार्यमा सफलता प्राप्त हुनेछ । व्यापार र रोजगारीका लागि समय अत्यन्त अनुकूल रहने छ ।

मकर राशि

शुक्र ग्रह मकर राशिमै अवस्थित छन् र यही राशिमा उदय हुँदैछन् । यसले मकर राशि भएकाहरूलाई अचानक धन लाभ दिलाउन सक्छ । आत्मविश्वास बढ्नेछ । घर–परिवारमा सुख–शान्ति र खुशहाली आउनेछ । करियरमा उन्नति हुनेछ । नयाँ जागिर प्राप्त हुने सम्भावना पनि छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x