आइतवार, बैशाख २०, २०८३
Sunday, May 3, 2026

निर्वाचन आयोग परिसरमा गगन थापा नेतृत्व समूहको धर्ना

काठमाण्डाैं – विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको नेपाली कांग्रेसले आधिकारिकताको माग गर्दै निर्वाचन आयोग परिसरमा धर्ना दिएको छ ।

विशेष महाधिवेशनबाट निर्वाचित थापा नेतृत्वको कांग्रेसका नेताहरूले आज आयोग अगाडि धर्ना दिएका हुन् । आयोग अगाडि नेताहरू पलेँटी कसेर धर्नामा बसेका छन् ।

आजै बिहान कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्कालगायतले आफूहरू आधिकारिक भएको दाबीसहित आयोगमा निवेदन दिएका थिए । आयोगले संविधान, राजनीतिक दलसम्बन्धी ऐन, नेपाली कांग्रेसको विधान र आयोगको विगतका नजिरका आधारमा निर्णय गर्ने जवाफ दिएको थियो ।

अहिले गगन थापा समूह आफूलाई आधिकारिक घोषणा गर्न दबाव दिन आयोगमा धर्ना बसेको हो । थापा समूहले हिजाे केन्द्रीय कार्यसमिति अद्यावधिक गर्न निवेदन दिएको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x