शुक्रबार, कार्तिक ७, २०८२
Friday, October 24, 2025

सुन एक तोलाको मूल्य २ लाख ६० हजार नजिक

काठमाडौं – साताको अन्तिम कारोबार दिन सुनको मूल्य शुक्रबार प्रतितोला २ लाख ५८ हजार रुपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य आज ७ हजार १०० रुपैयाँ बढेर नयाँ कीर्तिमान कायम भएको हो। आजका लागि १० ग्राम सुनको मोल २ लाख २१ हजार १९५ रुपैयाँ तोकिएको छ ।

यसअघि बिहीबार छापावाल सुन प्रतितोला २ लाख ५० हजार ९०० रुपैयाँ कारोबार मूल्य कायम थियो ।

यस्तै आज चाँदीको मूल्य पनि ७५ रुपैयाँले बढेको छ । बिहीबार तोलामा ३ हजार २७५ रुपैयाँ कायम भएको चाँदी आज प्रतितोला ३ हजार ३५० रुपैयाँ कायम भएको छ ।

 

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x