बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

सुनको मूल्यले गर्‍यो नयाँ रेकर्ड कायम, पुग्यो तोलाको दुई लाख छ सय

काठमाडौं – नेपाली बजारमा सुनको मूल्य तोलाको २ लाख रुपैयाँमाथि कारोबार भएको छ । सुनको मूल्य आज शुक्रबारमात्र १ हजार ६०० रुपैयाँले बढेर २ लाख ६ सय रुपैयाँमा कारोबार भएको हो । शुक्रबारका लागि तोकेको यो मूल्य हालसम्मकै उच्च हो ।

बिहीबार सुन प्रतितोला १ लाख ९९ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, शुक्रबार चाँदी तोलामा ५ रुपैयाँले बढेको छ । शुक्रबार चाँदी प्रतितोला २ हजार ३६० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला २ हजार ३५५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस सुनको मूल्य ३ हजार ४०८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

 

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x