बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको अधिवेशन तनावग्रस्त भएपछि स्थगित

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट युवा संगठनको काठमाडौं जिल्ला अधिवेशनमा विवाद चर्किँदा हात हालाहालको स्थिति सिर्जना भएको छ ।

राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको जिल्ला अधिवेशनमा उत्पन्न तनाव नियन्त्रण गर्न प्रहरी समेत परिचालन गरिएको हो ।

घटनाको सुरुवात केही युवाहरू मञ्चमा उक्लिएर होहल्ला गरेपछि भएको हो ।

त्यसपछि आयोजकहरूले माइकमार्फत औपचारिक कार्यक्रम अझै सुरु नभएकाले धैर्यपूर्वक बस्न आग्रह गरेका थिए ।

कार्यक्रममा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन प्रमुख अतिथि रहने तय थियो। तर, अधिवेशन सुरु हुनुअघि नै कार्यकर्ताबीच नाराबाजी र भनाभन सुरु भएपछि वातावरण तनावग्रस्त बन्दै गयो।

कार्यक्रम स्थलमा दुई समूहबीच विवाद चर्किएपछि स्थिति नियन्त्रण बाहिर जान थालेपछि अध्यक्ष लिङ्देनले कार्यक्रम अधिवेशन स्थगितको घोषणा गरेका छन् ।

राप्रपामा अध्यक्ष राजेन्द्र लिङ्देन र धवलशम्शेर जबरा पक्षबीच चलिरहेको विवाद युवा संगठनमा पनि प्रतिबिम्बित भएको बताइएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x