बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले हारे

मकवानपुर – बागमती प्रदेशअन्तर्गत नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले संसदीय दलमा विश्वास गुमाएका छन्।

संसदीय दलमा मंगलबार भएको मत विभाजनमा लामाको पक्षमा १५ मत मात्रै परेको छ । उनको विपक्षमा २२ मत परेको पूर्वमन्त्री समेत रहेका सांसद सुरजचन्द्र लामिछानेले जानकारी दिए । यससँगै संसदीय दलको नेताबाट लामाले विश्वास गुमाएका छन् ।

बागमती प्रदेश सरकारको मुख्यमन्त्रीसमेत रहेका लामाविरुद्ध संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता गराएका सांसदहरूले उनको विकल्पमा प्रदेश सभा सदस्य तथा नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँलाई अघि सारेका छन्। स‌ंसदीय दलमा लामाले विश्वास गुमाएको तथा २२ सांसद बानियाँको पक्षमा रहेकाले लामालाई बागमती प्रदेश सरकारको मुख्यमन्त्रीबाट राजीनामा दिएर बानियाँलाई सरकार हस्तान्तरण गर्न नैतिक दबाब बढेको छ।
अविश्वास प्रस्तावको पक्षमा समर्थन गर्ने सांसदहरू

१. इन्द्रबहादुर बानियाँ

२. शिवराज अधिकारी

३. कञ्चनचन्द्र वादे

४. दिपेन्द्र श्रेष्ठ

५. पुकार महर्जन

६. बिनु रायमाझी पौडेल

७. यमुना देवी श्रेष्ठ

८. उर्मिला नेपाल केसी

९. शान्ता ढकाल

१०. प्रभात तमाङ

११. छिरीङ्ग दोर्जे लामा

१२. मीना पराजुली

१३. याङ्किला शेर्पा

१४. मीन कृष्ण महर्जन

१५. बिमल ठकुरी

१६. मदुकुमार श्रेष्ठ

१७. सुरजचन्द्र लामिछाने

१८. सुरेश श्रेष्ठ

१९. श्रीराम लामिछाने

२०. सुना परियार

२१. श्यामबहादुर खड्का

२२. कृष्णबहादुर तामाङ

अविश्वास प्रस्तावको विपक्षमा मतदान गर्ने सांसदहरू

१. बहादुरसिंह लामा तामाङ

२. कुन्दनराज काफ्ले

३. उत्तम जोशी

४. लक्ष्मी श्रेष्ठ

५. रमेशकुमार महत

६. हरिप्रभा खड्गी

७. रामकुमार पहाडी

८. छेत्रबहादुर बम्जन

९. गिता गुरूङ

१०. मसिना खड्का

११. तिर्थ लामा

१२. रामकृष्ण चित्रकार

१३. माया श्रेष्ठ

१४. गोविन्द लम्साल

१५. समिता खड्गी

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x