बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

राजसंस्थावादीले १५ गतेदेखिको आन्दोलन निर्णायक गर्दै हृदयेन्द्रलाई राजा बनाउने

काठमाडाैं – राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले जेठ १५ गतेदेखि हुने आन्दोलन निर्णायक हुने दाबी गरेका छन् ।

मंगलबार काठमाण्डुमा आयोजित राप्रपा नेपालको केन्द्रीय कार्यसमिति र जिल्ला अध्यक्षहरूको संयुक्त विस्तारित बैठकमा उनले राष्ट्र व्यवस्था र भ्रष्ट शासकबाट मुक्ति एवं सुशासनको माध्यमबाट आर्थिक समृद्धिको लक्ष्य हासिल गर्ने उद्देश्यका साथ आन्दोलन गर्न लागिएको बताए ।

उनले जेठ १५ गतेको आन्दोलनलाई निष्कर्षमा पुर्‍याउने गरी निर्णायक आन्दोलनका रूपमा अगाडि बढाउन खोजिएको बताए ।

उनले भने, ‘जेठ १५ गतेदेखि हुने आन्दोलनलाई निष्कर्षमा पुर्‍याउने र निर्णायक आन्दोलनका रूपमा अगाडि बढाउन खोजिरहेका छौं । राष्ट्र व्यवस्था र भ्रष्ट शासकबाट मुक्त हुन, हिन्दू राष्ट्र र राजसंस्थाको पुनःस्थापना गर्न र संघीयताको खारेजी तथा सुशासनको माध्यमबाट आर्थिक समृद्धिको लक्ष्य हासिल गर्ने उद्देश्यका साथ विगत लामो समयदेखि हामी निरन्तर संघर्षमा रहँदै आएका छौं । देशका विभिन्न जिल्लाहरूमा र काठमाडौं केन्द्रित विरोध प्रदर्शन एवं संघर्षका कार्यक्रमहरू सञ्चालन गरिरहेका हौं ।’

उनले आन्दोलन कुनै पनि दल वा सरकारको विरुद्धमा नभई देशमा १८ वर्षदेखि कायम रहेको भ्रष्ट व्यवस्था र शासनबाट मुक्तिका लागि भएको पनि बताए । उनले भने, ‘यो आन्दोलन एउटा पार्टीको मात्र आन्दोलन होइन । यसमा आवद्ध भएका ३५ दल र समूहहरूको मात्र आन्दोलन पनि होइन । यसलाई आम जनताको खासगरी राष्ट्रवादी विचारधारा राख्ने जनताको साझा आन्दोलनको रूपमा अघि बढाउने हाम्रो प्रयास हो । यसमा आमजनताको सहभागिताका लागि आह्वान गरेका छौं र काठमाण्डु बाहिरबाट पनि धेरै ठूलो संख्यामा जनताको सहभागिता हुने आशा लिएका छौं । आन्दोलन कुनै पनि दलका विरुद्धमा होइन, सरकारको विरुद्धमा पनि होइन । आन्दोलन देशमा १८ वर्षदेखि कायम रहेको भ्रष्ट व्यवस्था र शासनबाट मुक्तिको आन्दोलन हो ।’

राजसंस्था पुनःस्थापनाको आन्दोलन गरिरहेका बेला प्रश्न उठ्ने गर्छ – राजा कसलाई बनाउने ?

जेठ १५ गतेका लागि घोषणा गरिएको आन्दोलन सम्बन्धी मंगलबार आयोजित पत्रकार सम्मेलनमा आयोजकलाई प्रश्न सोधियो – अबको राजा ज्ञानेन्द्र कि हृदयेन्द्र ?

राप्रपा नेपालका अध्यक्ष कमल थापाले राष्ट्रिय सहमति भएमा हृदयेन्द्र शाहलाई राजा बनाउन सकिने जवाफ दिए । उनले भने, ‘राष्ट्रिय सहमति हुन्छ भने हृदयेन्द्र शाहलाई राजा बनाऔं । उहाँ २०–२१ वर्षको हुनुभयो । अब वृद्ध राजा चाहिन्छ भन्नुहुन्छ भने त्यसमा ज्ञानेन्द्र शाह पनि तयार हुनुपर्छ । यसबारेमा सहमतिमा आउनुपर्छ ।’

राजसंस्थावादीहरूले ज्ञानेन्द्रकै सहमतिमा हृदयेन्द्रलाई राजा बनाउन सकिने तर्क गरेका छन् । राजावादीहरूको वैचारिक अस्तित्व संकटमा पार्न दलहरू सक्रिय रहेको भन्दै उनले त्यसविरुद्ध रियलाइजेसन महत्त्वपूर्ण रहेको बताएका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x