नागरिक समाजकाे बार्षिकोत्सव तथा विश्व रेडक्रस दिवसका अवसरमा विशेष रक्तदान कार्यक्रम सम्पन्न

सामाजिक रूपान्तरणका लागि नागरिक समाजकाे १८औं बार्षिकोत्सव तथा विश्व रेडक्रस दिवसका अवसरमा विशेष रक्तदान कार्यक्रम सम्पन्न गरेकाे छ ।मुलुकमा रक्त अभावमा हुनसक्ने जोखिमलाई न्यूनिकरण गर्ने कार्यमा रक्तदानको माध्यमबाट केहि हदसम्म भएपनि सहयोग गर्न सकिन्छ भन्ने उद्धेश्यले आयाेजना गरिएकाे उक्त कार्यक्रममा करिव २०० रक्तदाताहरूकाे सहभागिता रहेकाे थियाे ।
कलाकर्मी, कानुन व्यवसायी, सामाजिक अभियन्ता, साहित्यकार, स्वास्थ्यकर्मी लगायत व्यक्तित्वहरुको क्रियाशिलतामा बि.सं.२०६३ सालमा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा श्री यामबहादुर जि.सी.को अध्यक्षतामा स्थापना भएको यस संस्था बिगत १८ बर्षदेखि देशमा भईरहेको भ्रष्टाचार, कालोबजारी, गुणस्तरहिन अखाद्य वस्तु लगायत बिभिन्न विभेदका विरुद्ध आम जनचेतनामूलक कार्यक्रमहरु समेत सञ्चालन गदै आएको छ । स्थापनाकाल देखि गरिव तथा दिनदुखीहरुको सेवामा निरन्तर सकृयता पूर्वक क्रियाशिल संस्था भएको जानकारी अध्यक्ष जि.सीले गराउनु भयाे।
यसै सन्दर्भमा विनासकारी भूकम्पले निम्त्याएको परिघटना होस् अथवा कोभिडको महामारीमा पनि विभिन्न संघ-संस्थाको सहकार्यमा राहत वितरण गर्दै दिन दुखी श्रमिकवर्ग, कलाकर्मी, सञ्चारकर्मी, लगायतलाई सहयोग सामाग्री हस्तान्तरण गर्दै आएको पनि जानकारी गराउँदै अध्यक्ष जि.सी.ले आगामी दिनहरुमा नागरिक समाज अझ स-शक्त ढङ्गले मानवसेवामा क्रियाशिल रहने बताउनु भयाे ।
WRITE COMMENTS FOR THIS ARTICLE