सत्तारूढ दलहरुको बैठक बस्दै

सत्तारूढ दलहरुको बैठक आज दिउँसो तीन बजे बस्ने भएको छ। बालुवाटारमा दिउँसो तीन बजे बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
देशको पछिल्लो राजनीतिक अवस्था, सरकारको कार्य सम्पादन लगायतका विषयमा छलफल गर्न सत्ता साझेदार दलहरूको बैठक बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
गत असार १७ गते नेपाली कांग्रेस र नेकपा (एमाले) का बीचमा सात बुँदे सहमति भएर केपी शर्मा ओली प्रधानमन्त्री बनेका हुन्।
सरकारमा कांग्रेस, एमाले, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी सहभागी छन् भने जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति, जनमत पार्टीले सरकारलाई समर्थन गरेका छन्।
WRITE COMMENTS FOR THIS ARTICLE