शुक्रबार, कार्तिक ७, २०८२
Friday, October 24, 2025

वर्तमान सरकार ‘म्याद नभएको म्यादी सरकार’ हाे-केपी शर्मा ओली

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई ‘म्याद नभएको म्यादी सरकार’को संज्ञा दिँदै आलोचना गरेका छन् । शनिवार पार्टी कार्यालय च्यासलमा आयोजित चियापान कार्यक्रममा बोल्दै उनले सरकारको जग नै नभएको र हल्लाउँदा ढल्ने अवस्थामा रहेको बताए ।

‘यो सरकार भुल्को हो, म्याद नतोकिएको म्यादी सरकार हो,’ ओलीले भने, ‘जग नभएको यो सरकार हल्लिँदा पुक्लुक्क ढल्छ । बलजफ्तीले बनेको सरकारले धाकधम्की दिन्छ, तर यसको कुनै आधार छैन ।’ जेनजी आन्दोलनप्रति लक्षित गर्दै ओलीले यो क्रान्ति नभई प्रतिक्रान्ति भएको दाबी गरे ।

उनले भने, ‘यो आन्दोलनले देशलाई हिंसा, अराजकता र प्रतिगमनतर्फ धकेलेको छ । शान्तिबाट उत्तेजनातिर, कानुनी राजबाट अस्थिरतातिर लगिएको छ ।’ उनले समाजमा त्रासको वातावरण बनेको र जनता आतङ्कित भएको बताए । ‘पसलेहरू पसल लुटिने डरमा छन्, महिलाहरू गहनासहित हिँड्न डराउँछन्,’ उनले थपे ।

ओलीले सरकारलाई १ प्रतिशत जनताले पनि समर्थन नगरेको जिकिर गरे ।  ‘एक प्रतिशत भनेको ३ लाख हो, के ३ लाखले सरकार बनाएको हो ?’ उनले प्रश्न गरे । उनले यो सरकार जनताको सहभागिताबाट नभई त्रास र अराजकताबाट बनेको आरोप लगाए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x