प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन् । प्रधानमन्त्री ओलीले आफ्नो पदबाट राजीनामा दिएको सचिवालयले जनाएको छ ।
सत्ता साझेदार कांग्रेस र जसपाका कैयौँ मन्त्रीहरूले सरकारबाट राजीनामा दिए लगत्तै प्रधानमन्त्री ओलीले राजीनामा दिएका हुन्।
जेन जी प्रदर्शनकारीहरूले प्रधानमन्त्रीको राजीनामा र नागरिक सरकारको माग गरेका छन्। सरकारका नेतृत्व गरिरहेका ओलीले राजीनामा दिनुपर्ने भन्दै नेपालका केही समाचारपत्रले विशेष सम्पादकीय छापेका थिए।
स्वतःस्फूर्त रूपमा भएको युवा पुस्ताको आन्दोलनमा व्यापक बल प्रयोग हुँदा हालसम्म २१ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।
“संवत् २०८१ साल असार ३१ गते नेपालको संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्री नियुक्त भएकोमा हाल मुलुकमा उत्पन्न असामान्य परिस्थितिलाई ध्यानमा राख्दै संविधान सम्मत राजनीतिक निकासका र समस्या समाधानको थप पहलको लागि संविधानको धारा ७७ (१) क बमोजिम आजैका मितिदेखि लागु हुने गरी प्रधानमन्त्री पदबाट राजीनामा दिएको छु,” प्रधानमन्त्रीले राष्ट्रपति रामचन्द्र पौडेललाई लेखेको राजीनामा पत्रमा भनिएको छ।
WRITE COMMENTS FOR THIS ARTICLE