बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

दल स्व-मूल्यांकनमा नेपाली काँग्रेसकाे पनि असहमति

काठमाडौं – निर्वाचन आयोगले ल्याएको राजनीतिक दल स्वमूल्यांकन कार्यविधि २०८२ मा नेपाली काँग्रेसले असहमति जनाएको छ।

आयोगले आजसम्म कार्यविधिमाथि सुझाव दिन राजनीतिक दल र सरोकारवालाहरूलाई आग्रह गरेको थियो।

काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माले आयोगको मस्यौदाप्रति पार्टीको विमति रहेको बताएका हुन्।

‘राजनीतिक दललाई मूल्यांकन जनताले, निर्देशित संविधानले गर्ने हो,’ महामन्त्री शर्माले भने, ‘निर्वाचन आयोगले तयार गरेको राजनीतिक दल स्वमूल्यांकन कार्यविधि २०८२’ को मस्यौदाप्रति प्रष्ट विमति छ ।’

उनले विधिको बाटो बहादुर भवनमै टुंगियोस् भनेका छन्। यसअघि नेकपा (एमाले) ले पनि आयोगले ल्याएको कार्यविधिमा आपत्ति जनाएको थियो।

साथै प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा बसेको प्रतिपक्षी दलहरूको बैठकले पनि निर्वाचन आयोगले ल्याएको कार्यविधिको विरोध गर्ने निर्णय गरेको थियो।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x