मिराज ढुङ्गानालगायतको समूहले नयाँ राजनीतिक शक्ति निर्माणको तयारी गर्दै
काठमाडौं – जेनजी अभियन्ता मिराज ढुङ्गानालगायतको समूहले नयाँ राजनीतिक शक्ति निर्माणको तयारी गरिरहेको छ ।
सरकारको एक सय दिनको समीक्षा संवादका क्रममा ढुङ्गानाले चाँडै त्यसको घोषणा गर्ने बताएका छन् । उनले बालेन्द्र शाह नेतृत्वको सरकारबारे अहिले नै टिकाटिप्पणी गर्नु उचित नहुने पनि बताए ।
नयाँ शक्ति निर्माणका लागि विभिन्न क्षेत्रका व्यक्तिहरूसँग निरन्तर संवाद भइरहेको उनले बताए । ढुङ्गानालाई जेनजी आन्दोलनपछि बनेको सरकारमा स्वास्थ्यमन्त्रीका रूपमा प्रस्ताव गरिएका डा. जगत विकलगायतको ठूलो समूहले साथ दिइरहेको छ ।
कुराकानीका क्रममा अभियन्ता ढुङ्गानाले आगामी स्थानीय तहको निर्वाचन अगाडि नै अलग्गै राजनीतिक शक्ति निर्माण भइसक्ने र त्यसको तयारी तीव्र रूपमा भइरहेको स्पष्ट पारे ।
कुराकानीका क्रममा उनले हालसम्म आफ्नो अगुवाइमा भइरहेको आन्दोलन मन्त्री बन्नका लागि नभई देशलाई नयाँ लयमा ल्याउनका लागि भएको स्पष्ट पारे ।


WRITE COMMENTS FOR THIS ARTICLE