बिहिबार, असार ७, २०८१
Thursday, June 20, 2024

स्व.बिहारी लाल लाठको बार्है पुण्य तिथिको अवसरमा सिलाइ मेसिन वितरण

 

राहुल गुप्ता /वीरगंज

रिलिफ सोसाइटी अफ कमर्श बिरगंज पर्साले आज स्वर्गीय बिहारी लाल लाठको बार्हौ पुण्य तिथिमा आज सिलाइ मेसिन वितरण गरेको छ । समाजमा महिलाहरू लाई उधमशिल स्वरोजगार बनाउने उदेश्यले सो सिलाइ मेसिन बाडिएको छ । उक्त मेसिन १५ जना महिलालाई बाडिएको छ ।

त्यस्तै उक्त कार्यक्रममा रिलिफ सोसाइटी अफ कमर्शका संथापक महासचिव तथा अध्यक्ष समेत रहेका स्वर्गीय बिहारी लाल लाठको नामले बिहारीलाल लाठ कर्मवीर सम्मान पत्र समेत प्रदान गरिएको थियो । लामो समय देखि बिरगंज लगायत वरिपरिका क्षेत्रहरुमा बाल बालिकाहरुको शिक्षामा सहयोग पुर्याए,समाज सेवा शीत जोडिएका र साहित्य संग जोडिएका ३ जनालाई बिहारी लाल लाठ कर्मवीर सम्मानबाट सम्मानित गरिएको थियो । सो सम्मान पाउनेमा ध्रव सिंह ठकुरी,फुलचन्द अग्रवाल र बेला अग्रवाल रहेका छन ।

कार्यक्रम लाई सम्बोधन गर्दै स्वर्गीय बिहारी लाल लाठ सानै उमेरमा परिवारको जिम्मा लिएर अगाडि बढेको बताए । उनी काम प्रति एकदम अनुशासित रहेर आफ्नो जिम्मेवारी र समाजको समेत जिम्मेवारी लिएर अगाडि बढेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै उद्योग वाणिज्य संघका केन्द्रिय सदस्य डा.सुबोध गुप्ताले समाजमा समाजका विकासका लागि गरेको योगदानको कदर गर्दै आज जुन सम्मान गरिएको छ त्यो एकदम सर्हानिय रहेको छ । त्यस्तै अहिले रिलिफ सोसाइटीले स्वास्थ क्षेत्रमा पुर्याइ रहेको योगदान अतुलनीय रहेको बताए । यस्ता यस्ता सस्थाले गर्दा अहिले समाजमा रहेका गरिब असहाय ब्यक्तीहरुले आफ्नो जाच गराउन पाएका छन ।

उक्त कार्यक्रममा सम्मानित हुनु भएकी बेला अग्रवालले भगवानलाई धन्यवाद दिदै भनिन जीवन मात्र खाना बस्न र कमाउनका लागि नभएको बताइन । जीवन अनमोल रहेकोले यस्लाइ जिउनका लागि कडा मेहनत गर्नु पर्ने बताइन । यसको लागि समाजमा भएका गरिब असहयका लागि आफुहरुले मुफ्त शिक्षाको ब्यवस्था गर्नु पर्ने बताइन ।

गणेश लाठले कार्यक्रमलाई सम्बोधन गर्दै भने अहिके महिला हरु लाई रोजगारीको लागि प्रेरित गर्नु धेरै नै आवस्यक रहेको बताए । महिला उधमशिल भए भने समाज सकारात्मक दिशा तर्फ अग्रसत हुने बताए । त्यस्तै समाजमा अरु अरु बिधामा पनि योगदान पुर्याउनु भएका ब्याक्तित्वहरु नामले पनि विभिन्न कार्यक्रमको आयोजना गर्नु पर्ने बताए ।

सो कार्यक्रमका सभापति योगेन्द्र प्रसाद यादवको सभापतित्वमा सम्पन भएको थियो भने कार्यक्रम का प्रमुखअतिथी डा.राम औतार खेतान र निवर्तमान अध्यक्ष अशोक कुमार लाठ रहेका थिए । त्यस्तै विशिष्ट अतिथीमा असोक कुमार टेमानी,फुलचन्द अग्रवाल, सुबोध कुमार गुप्ता,अनिल कुमार अग्रवाल,नारायण रुंगटा,निरज अग्रवाल,रमेश कुमार चौधरी,सुनिल कुमार खेतान,जसपाका नेता तबरेज अहमद रहेका थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x